काठमाडौँ। मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका(१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका(३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर(१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर(१२ कै २८ वर्षीय स्ववियु सदस्य प्रज्वल अधिकारी, विराटनगर(७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर(१ बस्ने १९ वर्षीय विद्यार्थी खड्का छन् ।
उनीहरूले स्ववियु कार्यालयअगाडि आई कुर्सी, सूचना पाटी तोडफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ । इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ ।
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend