काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्व उच्चपदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका छन्। सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेको विषय बाहिरिएसँगै नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको समयमा सरकारले पूर्व उच्चपदस्थहरूको सेवा सुविधा बढाउने कुरा गर्न देश र जनताको हितमा नहुने उनको भनाइ छ। ‘अर्थतन्त्र अप्ठ्यारोमा छ। यो पूर्वउच्च पदस्थहरूको सेवा बढाउने नभइ पाइरहेको सेवालाई समेत केही कटौति गरेर देश र जनताको पक्षमा काम गर्ने समय हो,’ उनले भने।
राज्यबाट राजनीतिक तवरमा सुविधा खानेहरूको अर्थतन्त्र सुदृढ नहुँदासम्म पाउने पारिश्रमिकसमेत कटौति गर्न आवश्यक रहेको उनले बताएका छन्। ‘यो जनतालाई सुविधा प्रदान गर्ने बेला हो। कांग्रेस ठूलो सत्तारुढ दल भएकाले यस्ता जनभावना विपरितका निर्णयमा सरकारलाई साथ दिनु हुँदैन। निर्णय सच्याउन पहल गर्नुपर्छ,’ उनले भने।
अर्थतन्त्र अप्ठ्यारोमा रहेको अवस्थामा देशको नेतृत्व गर्ने व्यक्तिले मिल्न सक्ने खर्च कटौती गर्नु उपयुक्त हुने उनको धारणा छ। आफैँले आफ्ना लागि कानुन निमार्ण गरी पूर्वउच्च पदस्थका हैसियतमा सरकारी सुविधाको दोहनलाई आमनागरिकले प्रश्न गरिरहेको समयमा थप सुविधा बढाउँदा जनतामा राम्रो सन्देश नजाने र यो मुलुकको हितका लागि उपयुक्त नहुने महरले बताएका छन्।
‘आजको दिनमा राजनीतिप्रति आमनागरिकमा वितृष्ण बढ्दै गएको यथार्थ सर्वविदितै छ। नेता तथा दलको यस्तै सामान्यभन्दा सामान्य कुरामा ध्यन नदिँदा वितृष्णालाई बढावा दिइरहेको छ। नेता तथा दलले सरकारी सेवा सुविधाको मोहलाई त्याग्न सक्नु नै उपयुक्त हुन्छ,’ उनले भने। यस्तो हुन सके मात्र जनतामा लोकतन्त्रप्रतिको विश्वास बढ्ने महरको धारणा छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend