Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल कमर्स क्याम्पसका कार्कीले लिए उम्मेदवारी फिर्ता


    शुक्रबार, चैत्र १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका हुन् ।

    चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि अनेरास्ववियु सदस्य समेत रहेका कार्कीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै एमालेनिकट अनेरास्ववियुका अध्यक्ष उम्मेदवार रोकाहालाई समर्थन जनाएका हुन् ।

    नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विशाल रोकाहा,सचिव मीन ओझा र कोषाध्यक्ष सौगात पुरीको प्यानल चुनावी मैदानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार