Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    शुक्रबार, चैत्र १ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार