Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा असिना पानी: बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा


    बिहिबार, फाल्गुन २९ २०८१
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

    महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको जानकारी दिइन् ।

    उनले अहिले मेघ गर्जन चट्याङसहित हल्का खालको वर्षा भइरहेको र साँझ पर्दै गएपछि क्रमिक सुधार हुन सक्ने आकलन गरिएको बताए।पानीसँगै काठमाडौँमा असिनासमेत परेको छ। छोटो समय असिना परेको हो।

    उनले शुक्रबार पनि बिहान मौसम खुल्ने, दिउँसो हल्का वर्षा हुने र साँझ क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको आकलन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार