Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकीकृत समाजवादीले भोलि आन्दोलनका कार्यक्रम घोषणा गर्दै


    बिहिबार, फाल्गुन २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भोलि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। भोलि दिउँसो १२:३० बजे कार्की बैंक्वेट बबरमहलमा पत्रकार सम्मेलन राखिएको जनाएको छ।

    सम्मेलनमा मुलुकको पछिल्लो राजनीति परिस्थितबारे विशेष घोषणा गर्ने तयारी छ। एकीकृत समाजवादीका अध्यक्षसहित शीर्ष नेताहरूको उपस्थितिमा हुनेछ।

    भोलि पार्टीको आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी रहेको जनाइएको छ । सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन नेकपा एसको निष्कर्ष छ।

    त्यसो त यसअघि नै नेकपा एसले पार्टी निर्माणका लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार