Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ४ घाइते


    बुधबार, फाल्गुन २८ २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका- ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

    घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो ।

    सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार