काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन् ।
गएराति चन्द्रागिरि नगरपालिका–७ घर भएका ३५ वर्षीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नै शरीरमा आगो लगाएका हुन् । उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका छन् ।
अनुहार लगायत शरीरको भाग जलेको कार्कीको स्वास्थ्य अवस्था भने सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले जानकारी दिए ।
कार्कीले फेसबुक लाइभमा स्थानीय एक युवतीले आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुव्र्यवहार नगरेपनि लगातार उजुरी गरेर तनाव दिएका कारण आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई पटक–पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’ उनले यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend