Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्झौता अनुसार काम नगर्ने ९ निर्माण कम्पनी कालोसूचीमा


    बुधबार, फाल्गुन २८ २०८१
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नौ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्न लेखि पठाएअनुसार ९ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जानकाराी दिएको हो ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म का लागि सूचीमा राखिएको सूचनामा उल्लेख छ । ती निर्माण कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद बिक्रीमा सहभागी हुन पाउनेछैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार