Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर


    मंगलबार, फाल्गुन २७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

    न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

    त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर-३ बाट उनी निर्वाचित भएकी थिइन् ।

    सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार