Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सा जिल्ला प्रशासन कार्यालय अगाडि मिटर ब्याज पीडितद्वारा आत्मदाहको प्रयास


    सोमबार, फाल्गुन २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।

    मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका(४ घर भई पर्साको वीरगञ्ज नगरपालिका(२४ बस्ने अन्दाजी ५८–६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेको प्रजिअ अर्यालले बताए । आफूलाई पुर्वशिक्षक बताउने साहको अवस्था सामान्य छ ।

    जिप्रका अगाडी आएर शरीरमा पेट्रोल खन्याएको तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । प्रजिअ अर्यालकै गाडीमा राखेर अस्पताल पुर्‍याइएको हो ।

    साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएको र अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको साहाले बताएको प्रजिअ अर्यालले बताए ।

    अर्यालले भने, ‘साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका रहेछन् । सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको उनले बताएका छन् ।’

    आज एक्कासी आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको अर्यालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार