Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु


    सोमबार, फाल्गुन २६ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जाजरकोट । जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार