काठमाडाैँ । देशभर हाल १ हजार ७१४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
५ हजार २२५ कुल सक्रिय संक्रमितमध्ये १ हजार ७१४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
बाँकी ३ हजार ५११ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ८५, प्रदेश २ मा ५२, बागमती प्रदेशमा ५२९, गण्डकी प्रदेशमा ३४९, लुम्बिनी प्रदेशमा ४५६, कर्णालीमा १८ र सुदूरपश्चिममा २२५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।