Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन


    सोमबार, फाल्गुन २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

    काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । भ्याली पब्लिक स्कुलका सञ्चालक समेत रहेका स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन् ।

    प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । तर, उक्त सर्कुलर बाहिरिएर विवाद बढेपछि पुरी पछि हटेका थिए । अन्य पदमा भने आज निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार