Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ सय ४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    मंगलबार, पुष २१ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– देशभर हाल २४७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

    २०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। 

    बागमती प्रदेशमा ७४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ५२ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र १० भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार