काठमाडौं । नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो।
गत २४ घण्टामा ४ हजार ५५१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४५४ पुगेको छ।
हाल ३४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।