Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित


    आइतबार, फाल्गुन २५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

    आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।

    त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार