काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका हुन् ।
जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने उनको भनाई थियो । ‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ’त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’
उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए । ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ‘यो लोकतन्त्रको सुन्दरता हो ।’
गृहमन्त्रीले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए ।
‘नेपालको लोकतन्त्र यति संयमित, उदार, परिस्कृत र सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराख्नु भएको छ,’ उनले भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस् ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend