मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताएका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पारे ।
उउनले भने- ‘सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्न सरकार दृढ इच्छाशक्ति राखेर अगाडि बढिरहेको छ ।’
त्यसैगरी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको नयाँ कार्यालय भवन निर्माणले यस क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान गर्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
‘आधुनिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त सेवामार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । विराटनगर तथा आसपासका नगरवासीलाई सुरक्षित, दिगो तथा आधुनिक खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य हामीले राखेका छौँ,’ उनले भने ।
मन्त्री यादवले जलवायु अनुकूलित खानेपानी योजना तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिने योजना सरकारको रहेको जानकारी दिनुभयो । संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै खानेपानी तथा ढल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने सरकारको प्रमुख लक्ष्य रहेको उनले बताए ।
उनले भने, ‘शहरी तथा ग्रामीण क्षेत्रमा वैज्ञानिक ढल प्रशोधन प्रणालीलाई प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा खानेपानी सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम अभिवृद्धि गर्ने र वित्तीय तथा प्राविधिक क्षमता सुदृढ गर्दै आगामी दिनमा थप आयोजनाहरू कार्यान्वयन गर्ने नीति सरकारले अवलम्बन गर्नेछ ।’
मन्त्री यादवले मन्त्रालयबाट अनुमोदित योजनाहरूलाई तीव्र रूपमा कार्यान्वयन गरी प्रशासनिक तथा प्राविधिक पक्षको शीघ्र समीक्षा गर्दै प्रक्रिया सहज बनाइने उल्लेख गरे । साथै, सम्बन्धित निकायहरूसँग समन्वय गर्दै स्रोत स्वीकृत भएका आयोजनाहरूलाई प्रभावकारी रूपमा सम्पन्न गरिने उनको भनाइ छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटनले समग्र क्षेत्रमा स्वच्छ खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै उनले उक्त कार्यका लागि संलग्न सबै निकायलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend