Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा ओलीको स्वागतका लागि सडक खाली गराइपछि स्थानीयले गरे विरोध


    शुक्रबार, फाल्गुन २३ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन् । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको छ ।

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर शुक्रबार सुर्खेत पुगेका हुन् ।

    उनी पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार