Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते


    शुक्रबार, फाल्गुन २३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

    हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

    दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

    घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार