Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत


    बिहिबार, फाल्गुन २२ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

    यसअघि बुधबार प्रतिनिधि सभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।

    अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र निजी क्षेत्रसँग सम्बन्धित चार वटा अध्यादेश जारी भएका थिए ।

    १४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो । १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेश मात्रै संसद्बाट स्वीकृत भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार