Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताेलामा ११ सय रुपैयाँले बढ्याे सुनको मूल्य


    मंगलबार, पुष २१ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंश १९ सय ४० डलर पुगेको छ । यसअघि सोमबार प्रति औंश १९ सय २१ डलरमा कारोबार भएको थियो ।

    सोमबारको भन्दा मंगलबार झण्डै १९ डलरले सुनको मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यको भनाइ छ । यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार