काठमाडौँ । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।
उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने समेत बताए । मन्त्री खड्काले भारतसँग विद्युत बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए ।
मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मुल्यांकनमा शुन्य अंक दिइएको विषयमा जानकारी दिदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे ।
उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भएपनि कुलमानले समयमा नबुझाएको बताए ।
उनले भने- ‘एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९।७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो ।ु खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताउए । साथै मन्त्री खड्काले भने, ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नूु भनी सांसदहरुलाई कटाक्ष समेत गरेका थिए । खड्काले भने- ‘कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्यो ।’
साथै मन्त्री खड्काले आफुलाई नटेरेको बताउदै भने- ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend