काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र शाह० ले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्बल नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको बताएका हुन् ।
उनले भने- ‘सबै राष्ट्रवादी साथीहरुलाई उपस्थितिको लागि हार्दिक अपील गर्न चाहन्छु ।’ नेता शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरुले राजासंस्थाको परिकल्पना गरेको बताए । राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनको दाबी छ ।
उनले भने, ‘हामीले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ भनिरहेका छौं । देशको शासन सत्ता, देशको कार्यकारी प्रमुख चाहीँ प्रधानमन्त्रीको रुपमा गर्ने, अहिले राष्ट्रपतिको ठाउँमा राजा रहने, किनकी देशको राष्ट्रिय एकतालाई, संसारभरी मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरुले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको छ ।’
त्यस्तै, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले प्रजातन्त्र, देश र जनताको रक्षाको लागि ज्ञानेन्द्रले जनताको साथ मागेको बताए । उनले गणतन्त्रलाई कोरोना महामारीको संज्ञा दिए । उनले आम नागरिकहरुलाई राष्ट्रिय झण्डामुनि एक भएर राजसंस्थाको पक्षमा आउन आग्रह गरे । ‘काठमाडौंमा बसोबास गर्ने मध्येको २० प्रतिशत जनता राष्ट्रिय झण्डा बोकेर उत्रिने हो भने २५ गते नै ज्ञानेन्द्र सरकारलाई नारायणहिटी भित्र्याउन सकिन्छ ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend