काठमाडौँ – काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ ।
वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको घट्दो चाप विश्लेषण गरिएको हो ।
कृष्ण मन्दिर चोक, थटु मार्गमा एकतर्फी हुनुअघि र पछिका तस्विरले पनि यसबाट सकारात्मक परिणाम प्राप्त भएको देखाउँछ ।
यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नं. ५ ले, भवन व्यवस्था समितिको गत पुस ५ गतेको निर्णयानुसार फागुन ७ गतेबाट एकतर्फी सडक व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
एकतर्फी गरिएका सडक:
१. थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग- हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने,
२. विशालनगरतर्फबाट आउने सवारी साधनहरुलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने,
३. हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरुलाई थटु मार्गतर्फबाट पठाउने,
४. नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरु वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने,
५. ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध,
६. वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध,
७. बाल मन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend