Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकार जोगाउन कांग्रेसको वडा केन्द्रित आन्दोलनः कोरोना संक्रमण गाउँ गाउँमा फैलिने त्रास


    मंगलबार, पुष २१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले देशभर वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा बिघटन लोकतन्त्रकै बिरुद्ध भएकाले पुनस्र्थापना गर्नका लागि सहर केन्द्रित आन्दोलन गर्नुपर्ने कांग्रेसले गाउँ, वडा र टोलमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

    काठमाडौंका नेता कार्यकर्ताहरु पनि गाउँतिर आन्दोलन भए पनि उतै जानुपर्छ । यस्तो अवस्थामा काठमाडौंबाट कोरोना संक्रमण गाउँ गाउँ टोल टोलमा फैलिने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्–सहरमा भीडभाड हुन्छ, सामाजिक दूरी कायम हुँदैन । गाउँ र वडामा त थोरै मानिस भेला हुन्छन्, सामाजिक दूरी कायम हुन्छ । त्यही भएकाले वडा केन्द्रित गरिएको हो ।’  

    सर्वोच्च अदालतदेखि निर्वाचन आयोग जस्ता सबै कार्यालय काठमाडौंमा छन् । संसद पुनस्र्थापनाका लागि सहर केन्द्रित आन्दोलन नगरी केपी ओलीको सरकारका लागि सहज अवस्था बनाउने काम कांग्रेसले गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ओलीसँग भित्रभित्रै  मिलेको आरोप उनले गरेको वढा केन्द्रित आन्दोलनले पुष्टि गरेको छ । संवैधानिक परिषदबाट भएका नियुक्तिमा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जयबहादुर चन्ददेखि अन्य आयोगमा १३ जना भागबण्डा लिएको आरोप छँदैछ । 

    प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको मुख्य माग बनाएर सहर केन्द्रित आन्दोलन गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताको कुरा सुनुवाइ नै नगरी सभापति शेरबहादुर देउवाले वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सभापति देउवा र ओलीबीच प्रतिनिधिसभा पुनस्र्थापना भए पनि सँगै जाने र नभए पनि आलापालो प्रधानमन्त्री हुने गोप्य सहमति भएकै कारण उनले सरकारलाई सहयोग गर्नका लागि वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको आशंका गरिएको छ । संवैधानिक रुपमा प्रतिनिधिसभा बिघटनलाई सदर गर्न सक्ने अवस्था नभएकाले अदालतबाट पुनस्र्थापना भएमा देउवालाई प्रधानमन्त्री बनाउन ओली तयार भइसकेकाले पनिसंयुक्त आन्दोलन गर्ने नेकपाका अध्यक्ष पुष्यकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव देउवाले अस्वीकार गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार