Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुङ्गासहित ६ जिल्लाका सिडिओ फेरिए


    बिहिबार, फाल्गुन २२ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले बिहीवार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो ।

    बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको स्रोतले जनाएको छ ।

    रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार