Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त


    बिहिबार, फाल्गुन २२ २०८१
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा वरिष्ठ अधिवक्ता अग्नि खरेल नियुक्त भएका छन्। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई यो जिम्मेवारी सुम्पिएको हो।

    नेपाल कम्युनिस्ट पार्टी -एमाले_का स्थायी कमिटी सदस्यसमेत रहेका खरेल यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ताका रूपमा सेवा गरिसकेका छन्। उनी २०६४ र २०७० सालको संविधानसभा सदस्यसमेत थिए।

    झापाको गौरादह-३ स्थायी निवासी खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा सक्रिय रहँदै नेपाल बार एसोसिएसनको महासचिवसमेत बनिसकेका छन्। उनले २०४७ सालको संविधान निर्माणका क्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कानुनी सहयोग गरेका थिए। साथै, २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्यका रूपमा पनि उनले भूमिका निर्वाह गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार