Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु प्रहरी नियन्त्रणमा


    बुधबार, फाल्गुन २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अमेरिकी सरकारले डिपोर्ट गरेका आठ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आज बिहान पौने १० बजे जीआरपी- २३ विमानबाट काठमाडौं अवतरण भएका ७ जना पुरुष र एक महिला गरी नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो ।

    विदेशबाट कागजात अभावमा फिर्ता ल्याइने अन्य नेपालीसरह उनीहरुमाथि सोधपुछ हुने व्युरोका एसपी रुगमबहादुर कुँवरले बताए । उनीहरु हिरासतमा राखिएका छैनन् ।

    मानव बेचविखनमार्फत उनीहरुलाई अमेरिका पठाइएको आशंकामा उनीहरुमाथि सोधपुछ हुने र त्यसपछि परिवारलाई जिम्मा लगाइएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार