Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • रिंकु सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ


    बुधबार, फाल्गुन २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सिरहाको १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । सिरहाका एसपी रमेश पण्डितले रिंकुकुमारी सदाय मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।

    नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।

    आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै घरमा झुन्डिएको अवस्थामा ३० माघको बेलुका मृत भेटिएकी थिइन् ।

    आफु बलात्कृत भएपछि रिंकुले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । तर, घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा बसी प्रहरीकहाँ नपठाउने निर्णय गरिएको थियो । त्यसपछि रिंकुले आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार