Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्ने पत्रकारको संसद पास निलम्बन


    बुधबार, फाल्गुन २१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।

    केहि दिन अघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ ।

    संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार