Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पृथ्वीनारायणका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिदैनौं: गोकुल बास्कोटा


    बुधबार, फाल्गुन २१ २०८१
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ  । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाखमा सकाउने योजना चै सफल हुदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।

    बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर ईतिहास रचे भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्- पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन । पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन । उनले नेपाल बनाएर ईतिहास रचे। यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो ।साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार