काठमाडौं । सशस्त्र प्रहरीले करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार नियन्त्रणमा लिइएकाहरुमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ बर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ बर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ बर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ बर्षीय गरी ४ पुरुष रहेका छन् ।
एपीएफ इन्टेलीजेन्स व्यूरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
थाई एयरवेजको उडान नं. टीजी ३१९ बाट नेपाल आएका ४० बर्षीय पुरुष र ३७ बर्षीय महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ के.जी. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित नियकायमा बुझाइएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend