काठमाडौं । सशस्त्र प्रहरीले करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार नियन्त्रणमा लिइएकाहरुमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ बर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ बर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ बर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ बर्षीय गरी ४ पुरुष रहेका छन् ।
एपीएफ इन्टेलीजेन्स व्यूरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
थाई एयरवेजको उडान नं. टीजी ३१९ बाट नेपाल आएका ४० बर्षीय पुरुष र ३७ बर्षीय महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ के.जी. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित नियकायमा बुझाइएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend