काठमाडौँ । सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ ।
संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ । यो सँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । हाल ग्यासको मुल्य १९ सय १० रहेको छ ।
उद्योगीहरूले नाफा बढाउनु पर्ने माग राख्दै गत माघ ३० गतेदेखि आन्दोलन घोषणा गरेका थिए । तर, सरकारसँग छलफल भएपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको थियो । अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोष निर्णय हुन सकेको थिएन ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend