Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप


    मंगलबार, फाल्गुन २० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

    बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।

    यस अघि कांग्रेसले पनि ह्वीप जारी गरेको थियो । तर, जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो ।

    सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ । आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार