काठमाडौं – मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्। मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको हो ।
२२ वर्षका अजय टुडू र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए।
घटना भएको करिब १ किलोमिटर दक्षिणमा अजयको घर छ। मृत फेला परेकी जुबामुनी र पति कान्छा टुडूका डेढ वर्षका छोरा छन्। अजयका २ र ४ वर्षका दुई छोरा छन्। अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घर लिएर आएको खुलेको छ।
अजयको घरमा खाना खाएर राति नै उनीहरु निस्किएका थिए। यसअघि पनि उनीहरुको आउजाउ हुने गरेको पाइएको छ। मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको खड्काले बताए।
दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए। महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend