रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले फैसला कार्वान्यन तथा वारदात पश्चात गरी ७७२ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट २५ लाख रुपैयाँ भन्दा बढी जरिबाना र ७१ बर्ष बढी कैद असुली गरेको छ।
विभिन्न अपराधमा संलग्न रही जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ती प्रतिवादीहरूलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
यस आर्थिक वर्षको साउन महिनादेखि फागुन १९ सोमाबारसम्म फैसला कार्वान्यन अन्तर्गत ४६० र वारदातपश्चात ३१२ गरी कुल ७७२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उनीहरूमाथि विभिन्न मुद्दामा गरिएको कुल २५ लाख ३६ हजार १३१ रुपैयाँ दण्ड जरिवाना र ७१ वर्ष ५ महिना २ दिन कैद भुक्तान तथा असुलीको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको अभियान अन्तर्गत हालसम्म ती फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।
पक्राउ परेका प्रतिवादीहरु अदालतको अवहेलना, अनुचित लेनदेन, आपराधिक उपद्रव, अभद्र व्यवहार, किर्ते जालसाजी, कर्तव्य ज्यान, कुटपिट अंगभंग, घरेलु हिंसा, चेक अनादर, चोरी, डाँका, धर्म सम्बन्धमा, बोक्सीको आरोपमा दुर्व्यवहार, हात हतियार खरखजाना, बहुविवाह, बालविवाह, नागरिकता लगायतको मुद्दामा दोषी ठहर भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend