Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट


    मंगलबार, फाल्गुन २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ ।

    पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशतसम्मको थप कर लगाइने र चीनबाट आउने सामानहरूमा १० प्रतिशतसम्मको अतिरिक्त कर लगाइने घोषणा गरेका हुन् ।

    यसैबीच, चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानहरूमा बदलास्वरूप कर लगाउने घोषणा गरेका छन् । क्यानडाले अमेरिकाबाट क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाएको छ, जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानहरूबाट सुरु हुनेछ ।

    यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार