Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न, सडक अवरुद्ध


    मंगलबार, फाल्गुन २० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा आज (मंगलबार) बिहान पाइप फुटेको हो। पाइप फुटेर पानी जम्मा भएपछि अहिले सडक अवरुद्ध भएको छ।

    थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

    उनले भने, ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाई पाइप मर्मतपश्चात् पानी वितरण कार्य सुरु गरिने छ ।’ थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।

    पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ। आसपासका पसलभित्र पानी पसेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार