काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेपछि सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका हुन् ।
प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम गर्न लागेको बताउदै नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडी रहेको बताएका छन् ।
उनले विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई थप निखार्ने योजना रहेको पनि सुनाए । करिब २० वर्षको प्रशिक्षण अनुभव बोकेको प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकास गर्नुपर्ने आवश्यकता औंल्याउदै केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा हेरेको र उनीहरुसँग काम गर्न उत्साहित रहेको बताए ।
अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूको लागि राष्ट्रिय टोलीको ढोका खुला रहने स्पष्ट पार्दै उनले सबैभन्दा योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे । रसले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल
हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको बताए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend