Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति सिग्देलद्वारा सहायक रथी जिसीलाई दर्ज्यानी चिन्ह प्रदान


    सोमबार, फाल्गुन १९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    पदोन्नतिसँगै उपरथी जिसी मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् । प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार