Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटारमा माओवादी पदाधिकारी बैठक


    सोमबार, फाल्गुन १९ २०८१
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडों – तराई-मधेस जागरण अभियान सञ्चालन गरिरहेको नेकपा (माओवादी केन्द्र)पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसिरहेको छ।

    दिउँसो ३ बजेदेखि बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने बताइएको छ।

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा फर्किए पनि उनको पार्टीको जिम्मेवारी टुंगो लागेको छैन। यद्यपि उनी उपाध्यक्षकै हैसियतमा पार्टी बैठकमा सहभागी हुन थालेका छन्। गत माघ २१ गते उनलाई पार्टीले उत्पादन क्षेत्रको जिम्मेवारी हेर्ने गरी इन्चार्ज भने तोकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार