ठाउँ, परिवेश, समय र पुस्तासँगै बदलिदैँ छ सम्बन्धको परिभाषा । मानिसहरू सम्बन्धलाई आआफ्नो दृष्टिकोणबाट हेर्छन् । कोही यसलाई गहिरो भावनात्मक एवं आत्मीय सम्बन्धको रूपमा लिन्छन् भने कोही सहज र हल्का रूपमा । कोही प्रेमलाई विवाहमा बदल्न खोज्छन्, कोही विवाहलाई प्रेममा । अनि कोही प्रेम र विवाहमा एउटैमा खोज्छन् ।
प्रेम र विवाहमा अड्किएको सम्बन्धलाई जेन जी पुस्ता भने फरक रुपमा बुझ्छन् । जेन जी ९सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्ता० सम्बन्धलाई कसरी लिन्छन् भन्ने कुरा आधुनिक समाज, प्रविधि र सांस्कृतिक परिवर्तनसँग जोडिएको छ । सामाजिक सञ्माल, डिजिटल ल्याटर्फममा सक्रिय यो पुस्ता आफ्नो व्यक्तिगत वृद्धि र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन्छन्, जसले गर्दा सम्बन्धलाई परम्परागतभन्दा फरक तरिकाले हेर्ने प्रवृत्ति देखिन्छ ।
प्रविधि र डिजिटल सम्बन्ध यो पुस्ता प्रविधिसँग घनिष्ठ रूपमा जोडिएको छ । सामाजिक सञ्जाल, डेटिङ एप्स र डिजिटल संवादका माध्यमबाट सम्बन्ध विकास गर्ने चलन व्यापक छ । च्याटिङ भिडियो कल र इमोजीहरूमार्फत उनीहरू भावना व्यक्त गर्छन् । डिजिटल विश्वमा रहेको यो सम्बन्ध कहिलेकाहीं सतही वा छिट्टै टुट्ने प्रवृत्ति पनि देखिन्छ । बे्रकअप र प्याचअप यो पुस्ता सहजै अपनाउछन् ।
भावनात्मक सम्बन्धको साथै जेन जी स्वतन्त्रता खोज्छन्, उनीहरू भावनात्मक रूपमा सन्तुलित र समर्थन गर्ने सम्बन्ध चाहन्छन् । उनीहरू भाइब्स ९मानसिकता० मिल्ने सँगसँगै बाहिरी रूपमा सुहाउने साथी खोज्छन् । सम्बन्धमा भए पनि व्यक्तिगत स्वतन्त्रता गुमाउन चाहँदैनन् जेन जी । प्रतिबद्धताप्रति फरक दृष्टिकोण रहेको जेन जी लेट म्यारिज वा नो म्यारिजको विकल्प अपनाउन थालेका छन् ।
कोही भने लिभिङ टुगेदरमा रमाउन खोज्दैछन् । जेनजी ओपन रिलेसनशिप जस्ता अवधारणाहरूलाई केही हदसम्म सहज रूपमा लिन्छन् । विवाह गर्न कण्डली होइन भाइब्स मिल्नपर्छ भन्छन् यो पुस्ता । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने भएकाले यदि कुनै सम्बन्ध टक्सिक ९नराम्रो, विषाक्त० छ भने त्यसलाई छोड्न पछि हट्दैनन् । उनीहरुका अनुसार सम्बन्धमा आफूलाई र अर्कोलाई बदल्ने प्रयास गर्नुको सट्टा प्रत्येक व्यक्तिलाई उसको मौलिक स्वरूपमा स्वीकार गर्नुपर्छ । अन्तरजातीय विवाह, कोर्ट म्यारिज, समलिंगी प्रेमका अवधारणालाई पनि यो पुस्ता सहज रुपमा अपनाउन चाहन्छन् । उनीहरु आफु फरक यौन अभिमुखी (लेसवियन, गे) भएका कुरा पनि सहजै स्वीकार्दै आफ्ना भावनालाई स्वतन्त्र प्रस्तुत गर्छन् । सामाजिक सञ्जालमा यस्ता भिडियोहरु पनि प्रशस्तै देख्न सकिन्छ ।
अहिलेको सम्बन्धमा इमानदारिता त कम नै छ । विश्वास, आत्मविश्वास सबै आवश्यक हुन्छ सम्बन्धमा तर आजकल त्यो पाइदैँन । १९ वर्षीय अस्विना आचार्य भन्छिन्, “म चाहिँ रिलेशनसिपलाई लिएर सिरियस नै छु । मलाई प्रेम र सम्बन्ध भनेको बिहेसम्म नै लग्नुपर्छ भन्ने लाग्छ ।
आफ्नो स्वतन्त्रता, भविष्यसँगै सम्बन्धलाई पनि लग्नुपर्छ । केटाकेटीको सम्बन्धमा परिवारको पनि मन्जुरी भए राम्रो हन्छ । समय जस्तो आए पनि परिवार र समाजकोबारेमा सोच्नपर्छ जस्तो लाग्छ अनि समाजले पनि सम्बन्धलाई सहजै स्वीकार गर्नपर्छ” उनले थपिन्, “आफु र आफ्नो अस्तित्वको पनि ख्याल त राख्नै प¥यो तर हाम्रो पुस्ताले पनि परिवारको सोचको ख्याल चाहिँ गर्नपर्छ । सकेसम्म आफ्नो सम्बन्ध परिवारको खुसी मै कायम होस् ।”
यो पुस्ताले सम्बन्धलाई परम्परागत पुस्ताहरूभन्दा फरक तरिकाले हेर्ने गरेको पाइन्छ । अनलाइन डेटिङ, सोशल मिडिया र च्याटिङले सम्बन्धको स्वरूप बदलिएको छ । आधाभन्दा बढी जेन जीको प्रेम सम्बन्ध फेसबुक, इन्स्टाबाट बनेका छन् । कतिको बिहे नै भएको छ । अघिल्लो पुस्ताभन्दा जेन जीले मानसिक स्वास्थ्य र भावनात्मक स्थिरतालाई बढी महत्व दिन्छ ।
१८ वर्षीय कृतिका मगर सम्बन्धलाई फरक ढंगले बझ्छिन् । उनका अनुसार प्रेम ,विवाह भनेको जीवनका अनावश्यक तत्वहरु हुन् । “मलाई प्रेम, विवाह जस्ता कुरामा विश्वास लाग्दैन । कसैसँग सम्बन्ध कायम गरेपछि आफुलाई धरै इन्भेष्ट गर्नुपर्छ जस्तो लाग्छ । मलाई चाहिँ कमिटमेन्ट मन पर्दैन र बिहे पनि गर्नु छैन । उनले भनिन्, विवाह प्रेमले जीवनमा पछि पार्छ । अनि म यो चाहन्न । आफु स्वतन्त्र भएर बस्न मन पर्छ मलाई चाहिँ । कोहीसँगै सम्बन्धमा बस्नु परेपनि विवाहभन्दा लिभिङमा बस्न ठिक लाग्छ । कुरा नमिले आनन्दले छुटिन पाइयोस् । ”
टक्सिक सम्बन्धलाई चाँडै चिन्दै “रेड फ्ल्याग्स” बाट टाढा रहन खोज्छन् जेनजी । कतिपय परम्परागत विवाहलाई त्यति महत्व दिन्नन् र “लाइफ पार्टनर” भन्ने अवधारणालाई लचिलो रूपमा हेर्छन् । उनीहरु यौन जीवनलाई पनि स्वतन्त्र रुपमा लिन चाहन्छन् । आफ्ना चाहाना, इच्छा स्वतन्त्र भएर पूरा गर्न पाउनुपर्छ भन्ने चाहन्छन् यो पुस्ता ।
२५ वर्षीय संजय मानन्धर भने सम्बन्धलाई आफ्नो अस्तित्व बिर्साउने तत्व मान्छन् । उनका अनसार आजकलको समयमा कसैसँग रिलेसनमा बस्नु भनेको आफलाई बिर्सन हो । “आजकल त माया प्रेम भनेको सबै देखावटी नै हो । जसले जति माया गर्छ भनेपनि आखिर त्यही शारीरिक सम्बन्धमा गएर सकिने न हो । यौन चाहाना पूरा गर्न माध्यम बनेको छ आजकलको सम्बन्ध त । यो पुस्ताले सम्बन्धलाई निकै हलका रुपमा बुझिरहेका छौ । त्यसैले मलाई चाहिँ मन पर्दैन माया प्रेम भन्ने कुरो । सकेसम्म एक्लै बस्ने हो । परिवारको करकापमा बिहे गरिएछ भने नि मागी विवाह नै होला सायद । ” उनले भने, “बिहे गरिएछ भने पनि डिभोर्स गरेर फेरि सम्पत्ति नै भाग लगाउन चाहिँ नपरोस् । भए सधैँलाई नत्र नहोस् नै भन्ने लाग्छ मलाई यो सम्बन्धहरु । आफ्नो इच्छा,सपना पूरा गर्न सकियोस् बिहे भयो भने नि । परिवार नै भनेर जीवन काट्न नपरोस् । ”
जेन जी का लागि सम्बन्ध केवल सामाजिक दायित्व होइन, बरु स्वतन्त्रता, र भावनात्मक सन्तुलनको समिश्रण हो । उनीहरू प्रतिबद्धतालाई गम्भीर रूपमा लिन्छन् तर सम्बन्धलाई जबर्जस्ती टिकाइराख्न चाहँदैनन् । उनीहरु आफ्नो सम्बन्ध,विचार, भावनामा स्वतन्त्रता चाहन्छन् । समाजको स्थापित मूल्य मान्यताभन्दा फरक सोच्छन् जेन जी । प्रविधि, मानसिक स्वास्थ्यप्रति सचेतना, र व्यक्तिगत स्वतन्त्रताको सम्मान जेनजीको सम्बन्धको परिभाषा हो । तपाईंको विचारमा, जेनजी को सम्बन्ध प्रतिको दृष्टिकोण सही छ कि छैन ? -रचना बयलकोटी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend