Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक २९ सय नाघ्यो, तीन घन्टामै ६ अर्बको कारोबार


    सोमबार, फाल्गुन १९ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ ।

    यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो । मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ ।

    कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार