Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनकामना जाँदै गरेको माइक्रो बस दुर्घटना, १ को मृत्यु, १४ जना घाइते


    सोमबार, फाल्गुन १९ २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

    मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार