रौतहट -चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन नभएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए ।
मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिभिल अस्पतालका सञ्चालक मध्यका एकजना राजन साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।
अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको डिएसपी राईले बताए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।
सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रुपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको स्थानीयको गुनासो छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा त्रुटि नै त्रुटि फेला परेको सो अस्पतालले अस्पतालसम्बन्धी हुनुपर्ने कुनै पनि मापदण्ड पूरा गरेको नपाइएको बताउँदै तत्काल अस्पताल बन्द गर्न चिठी काटेका थिए । उनले अस्पतालले आइसियु तथा अप्रेशन सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड पनि पूरा नगरेको भन्दै सञ्चालक राजनकुमार साहसँग झोक्किएका थिए । उनले बिना दर्ता अस्पताल सञ्चालन गरेको भन्दै तत्काल त्यहाँ उपचाररत बिरामीहरू अन्य अस्पतालमा सारेर अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर सञ्चालक साहले अटेर गरेर अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अस्पतालमा एकपटक उपचार गरेपछि बिरामीहरू फर्केर नजाने भएकाले अस्पतालले अनावश्यक महँगो शुल्क जोडेर लिने गरेको गुनासो व्याप्त भएपनि कारबाहीको लागि कुनै पनि निकायले चासो नदिएको भन्दै गुनासो बढेको थियो । शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए । सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसियु बेडको प्रतिदिनको ४५ सय जोडिएको छ ।
सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टिलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएका छन् । विविध मनलाग्दी शीर्षकमा महँगो शुल्क लिएर उक्त बिरामीको २ लाख ६५ हजार ९ सय रुपैयाँको बिल बिरामीलाई थमाइदिएपछि बिरामीहरु के गर्ने भन्ने अन्योलमा परेका छन्। मुख्यमन्त्री सिंहसँग बिरामीका आफन्तले गुनासो गर्दै आफूहरूलाई न्याय प्रदान गर्न हारगुहार गरेका थिए। मुख्यमन्त्री सिंहले तत्काल अनावश्यक शुल्क हटाएर बिरामीलाई डिस्चार्ज गर्न अस्पताल सञ्चालक साहलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री गएपछि साहले किन गुनासो गरेको भन्दै थर्काएका थिए ।
सो अस्पतालले प्रहरी, एम्बुलेन्स चालक तथा ईरिक्साचालकसँग सेटिङ मिलाएर रौतहट जिल्लामा आसपासमा भएका सडक दुर्घटनाका घाइतेहरूलाई अस्पतालमा ल्याउने र उपचारको नाममा मनलाग्दी शुल्क असुल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । अस्पतालले दुर्घटनाको बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३५ सय , इरिक्सा चालकलाई ५ सय तथा प्रहरीलाई बिलको १० देखि २० प्रतिशतसम्म कमिसन दिने गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend