Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली कप: उपाधिका लागि आज आर्मी र मछिन्द्र भिड्दै


    सोमबार, फाल्गुन १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने भएको हो ।

    सेमीफाइनलमा आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलका लागि टीम तयार रहेको र उपाधी कव्जा गर्ने गरि खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् ।

    प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

    फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार