काठमाडौं । ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन् ।
काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो ।
आचार्यका अनुसार गैरेविरूद्ध फागुन १५ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीविरूद्ध ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
आचार्यका अनुसार गैरेले विभिन्न बैंकको चेक व्यक्तिहरूलाई दिएकोमा भुक्तानी नभई कालोसूचीमा परेको थियो ।
यसरी कालोसूचीमा परेपछि पनि गैरेले नयाँ चेकहरू दिने भन्दै झुटो आश्वासन देखाएर पुराना चेक जबरजस्ती खोसेर फरार हुने गरेको प्रहरीको भनाइ छ ।
गैरेलाई ठगी तथा आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend