Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा अपराधिक लाभ कसुरकी फरार महिला पक्राउ


    आइतबार, फाल्गुन १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  । ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन् ।

    काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो ।

    आचार्यका अनुसार गैरेविरूद्ध फागुन १५ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    उनीविरूद्ध ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

    आचार्यका अनुसार गैरेले विभिन्न बैंकको चेक व्यक्तिहरूलाई दिएकोमा भुक्तानी नभई कालोसूचीमा परेको थियो ।

    यसरी कालोसूचीमा परेपछि पनि गैरेले नयाँ चेकहरू दिने भन्दै झुटो आश्वासन देखाएर पुराना चेक जबरजस्ती खोसेर फरार हुने गरेको प्रहरीको भनाइ छ ।

    गैरेलाई ठगी तथा आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको  छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार