काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई उपेक्षा गर्दै सीमित स्वार्थ समूहको हितमा लागेको आरोप लगाएका छन्।
प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै बस्नेतले सरकारले राष्ट्रसेवक कर्मचारीविरुद्ध सार्वजनिक मञ्चबाटै विरोध गर्नु र पटक(पटक स्पष्टीकरण सोध्नु शोभनीय कार्य नभएको बताए। ‘काम कुरो एकतिर, कुम्लो बोकी ठिमीतिर भनेझैँ सरकार देश र जनताको आवश्यकतालाई लत्त्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ,’ बस्नेतले भने।
उनले सरकारले आफ्नो असक्षमतालाई ढाकछोप गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बारम्बार स्पष्टीकरण सोधेको आरोप लगाए। साथै, दुईतिहाईको बल राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन सरकारलाई सुझाव दिए।
बस्नेतले नेपाली काँग्रेस र नेकपा ९एमाले० ले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संशोधनको एजेण्डा अघि सारेको आरोप लगाए। ‘व्यवस्था बदलिएको छ, अब जनताको अवस्था बदल्ने बेला हो, तर सरकार परिवर्तनका एजेण्डालाई सीमित बनाउन खोज्दैछ,’ उनले भने।
पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेतले अहिलेको परिवर्तन माओवादीको अगुवाइमा सम्भव भएको तर त्यसको नेतृत्व अरूले गरेकाले समस्या उत्पन्न भएको तर्क गरे। ‘माओवादीको पहल र एजेण्डाका कारण अहिलेको परिवर्तन सम्भव भएको हो, तर नेतृत्व अरूले गरेकाले मूल मर्मअनुसार काम हुन सकेको छैन,’ उनले भने।
सरकार आफैँले ल्याएको अध्यादेशकै कारण गम्भीर नैतिक संकटमा परेको बस्नेतको आरोप थियो। संसद नचलेको अवस्थामा अध्यादेश ल्याउने सरकारको कानुनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको भन्दै उनले आपत्ति जनाए।
बस्नेतले आफ्नै पार्टीले झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए। ‘पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई वर्तमान सरकारले रोक्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसविरुद्ध खबरदारी गर्न जनताको व्यापक सहभागितामा अभियान सुरु गरेका छौँ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend